पर्यटन समाज सहकारी संस्था लि.
आठौं वार्षिक साधारण सभा
आदरणीय शेयरसदस्य महानुभावहरु,
यस पर्यटन समाज सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको आठवर्षहरु सफलताका साथ पुरा गरि १० औं वर्षमा प्रवेश गरेको अवसर सगै संस्थाको ९ औं बार्षिक साधारणसभा मा यहा हरुलाई स्वागत गर्दै संचालक समितिको तर्फबाट संस्थाको ९ औं बार्षिक प्रगती प्रतिवेदन ०७३÷७४ यहा“हरु समक्ष प्रस्तुत गर्न पाउदा म लगायत संचालक समितिका सवै सदस्यहरु हर्षित् र गौरवान्वित भएका छौ ।
देशमा विधमान संक्रमणकालिन राजनितिक परिस्थिति समाधानउन्मुख हुदै गएको देखिएको तथामुलुक संविधानकार्यान्वयनको पथमा अगाडी बढेको साथै विगतमा देखिएको चरम उर्जा संकट समाधानउन्मुख भएकोले उत्पादनमुलक तथा औधोगिक क्षेत्रमा लगानी वृद्धि भई समिक्षाअवधिमा ७.५ प्रतिशतको उच्चआर्थिक वृद्धि हासिल भएको देखिएको ले यसको सकारात्मक असर हाम्रो संस्थामा समेत देखिएको व्यहोरा अवगत गराउदछु । यस अवधिमा संस्थाले सन्तोषजनक उपलब्धिहासिल गर्न सफलभएको छ भन्ने मलाई लागेको छ । यस सफलतामा साथदिनुहुने सम्पुर्ण सदस्यमहानुभावहरु, कर्मचारी वर्गहरु लगायत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग र साथदिनुहुने अन्य सम्पुर्ण महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु साथै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।
सन १८४४ मा बेलायतको म्यानचेस्टरबाट शुरु भएकामानिएको आधुनिक सहकारी अभियान नेपालमा भने गुठी, पर्म, पैचो, ढुकुटी बाट विकशित हुदै सन् १९५६(वि.सं. २०१३) मा चितवनमा बखानसिंह ऋण सहकारी संस्थाको स्थापना भए पश्चात विधिवत शुरुवात भएको मानिन्छ । हालआर्थिक विकासको तेस्रो खम्वाको मान्यता स्थापितगर्न सफल सहकारी क्षेत्रको कुलगार्हस्थ उत्पादनमा करिव ३ प्रतिशतको योगदान रहेको अनुमान गरिएको छ । नेपालको वित्तीय क्षेत्रमा सहकारीको योगदान १८ प्रतिशत पुगेको अनुमान छ भने उत्पादन क्षेत्रमा पनि यसको योगदान उल्लेखनीय रुपमा वृद्धि हुदै गएको छ ।
हाल देशभर ३३ हजार ५ सय ९९ को संख्यामा सहकारीहरु संचालमा रहेको र त्यसमध्ये पनि अधिकांश सहकारीहरुले बचत तथा ऋण कारोवार गरिरहेका छन । नेपालमा करिव ५० लाखब्यक्तिहरु सहकारीमा आवद्ध रहेको अनुमान गरिएको छ । यस क्षेत्रमा करिव ५७ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको अनुमान गरिएको छ भने अप्रत्यक्ष रुपमा विभिन्न पेशा, उधोग, व्यापार, सेवातथाब्यवसाय मार्फत लाखौ ब्यक्तिहरुलाई रोजगारी प्रदानगरि समाजको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रको विकासमा महत्वपुर्ण योगदानपु्याई सामाजिक चेतनाअभिवृद्धि गर्नमा समेत योगदान पु्याएको छ । यसरी हेर्दा नेपालमा पनि सहकारी आन्दोलन ले निकै गति लिईसकेको पुष्टि हुन्छ ।
अन्त्यमा यस संस्थाको उत्तरोत्तर प्रगतिमा सहयोग र संरक्षकत्वप्रदानगर्नुहुने आदरणीय शेयर सदस्यमहानुभावहरु प्रति कृतज्ञता व्यक्तगर्दै आगामिदिनहरुमापनि यस्तै सहयोग र समर्थन रहिरहने अपेक्षागर्दै यस सभाको गरीमालाई बढाउन महत्वपुर्ण उपस्थिती जनाउनुहुने सम्पुर्ण सदस्य लगायत संचालक समितीका पदाधिकारी ज्युहरुलाई समेत यो अवसरमा हार्दिक धन्यवाद दिन चाहन्छु।
जय सहकारी ।
केशव पाण्डे
(अध्यक्ष)
पर्यटन समाज सहकारी संस्था लि.
|