Regd No: 1791/065/066

www.paryatansamaj.com.np

 
 
 
 

Members Login

 
 

भाषा छनोट
English / नेपाली

 

पर्यटन समाज सहकारी संस्था लि.

१३ औ वार्षिक साधारण सभा

 

आदरणीय शेयरसदस्य महानुभावहरु,


यस पर्यटन समाज सहकारी संस्था लि.को १३ औं वार्षिक साधारणसभाका प्रमुख अतिथिज्यू, अतिथिज्यू,शेयर सदस्यमहानुभावहरु, संचालक समितिका पदाधिकारीहरु, लेखा समिति, ऋण उप–समिति, शिक्षा उप–समिति, लेखा परिक्षक, कर्मचारीवर्ग, पत्रकार महोदय, पर्यटन व्यवसायी साथीहरु,एवं उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुमा संस्थाको संचालक समितिको तर्फवाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा न्यानो सहकारी अभिवादन व्यक्त गर्दछु ।


त्यसैगरि संस्थाका सदस्य स्वर्गिय प्रमिला मैनालीको असामयिक देहावसानले संस्थाप्रति भएको अपुरणीय क्षतिमा संस्था दुःख व्यक्त गर्दछ । हामी उहॉको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौ ।


देशैभर पर्यटकीय गतिविधी संञ्चालन गरेर राष्ट्रलाई समेत योगदान पु्याईरहनुभयका संस्थाका सदस्यहरुको वित्तीय आवस्यकतालाई पुरा गर्ने प्रमुख उद्धेश्यका साथ सदस्यहरुको सामुहिक लगानीमा आजभन्दा १३ वर्ष अघि यस पर्यटन समाज सहकारी संस्था लि. को स्थापना भएको हो । सदस्य महानुभावहरुको आवस्यकता अनुसार सर्वसुलभ स्तरीय र आधुनिक सेवा मार्फत सहकारी अभियानमा सामेल गाराई सदस्यहरुको दिगो विकास मार्फत सदस्यहरुलाई सवल बनाउन क्रियाशिल रहेको यस संस्थाले कोभिड–१९ को विश्व महामारीको विषम परिस्थितीमा समेत आवस्यक सुरक्षा मापदण्डको पालना गरि अविच्छिन सेवा प्रवाह गरेको व्यहोरा यहॉहरु सवैमा विदितै छ । कोभिड–१९ को प्रभाव स्वरुप आवत जावतमा भएको निषेधाज्ञाको कारण यातायात, होटल, पर्यटन, बैदेशिक रोजगारी, व्यापार लगायतका अर्थतन्त्रका समग्र क्षेत्रमा नकारात्मक अवस्था सृजना भई आर्थिक क्रियाकलापहरु प्रभावित हुन पुगे । सोही कारण विगत आ.व. झै यस आ.व.मा पनि संस्थाको कार्यसम्पादनमा प्रतिकुल असर पर्न गएको छ । कोभिड १९को बन्दाबन्दी पश्चात् सहकारी क्षेत्रले ठूलो क्षति व्यहोरेको छ । गैह्रब्याज आम्दानी ठप्प प्रायः छ भने ब्याज आम्दानीको ठूलो रकम असुली हुन सकेको छैन । सहकारी क्षेत्रको निष्क्रिय कर्जा बढ्न गई सहकारीहरुमा जोखिमको तह बढेको अवस्था छ । यसका साथै ऋणीसदस्यहरुलाई दिइएको ब्याज छुट (चभदबतभ) का कारण पनि ब्याज आम्दानीमा संकुचन आउन गएको छ । यसका अतिरिक्त कर्जा नोक्सानी व्यवस्थामा समेत केही रकम छुट्याएका छौं ।


सहकारी क्षेत्रले सामाज र व्यक्तिको जीवनमा अहम भूमिका खेल्ने हुनाले हामी हाम्रा सदस्यवर्गलाई आवश्यक सेवाहरु सरल र सुलभ ढंगले प्रदान गर्दै देशको आर्थिक वृद्घिमा टेवा पुर्याऊन प्रतिबद्घ रहेका छौं । यसका साथै हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हाम्रो समुदायहरुको दिगो आर्थिक र सामाजिक विकासको प्रवद्र्घन गर्न योगदान गर्दै आइरहेका छौं र यसलाई निरन्तरता दिने नै छौं । संस्थालाई सबल र विश्वसनीय बनाउनेतर्फ आवश्यक प्रविधि, जोखिम ब्यवस्थापन, कर्मचारी ब्यवस्थापन, सुदृढ एवं उत्कृष्ट सेवा सुविधाहरु आदिमा जोड दिनेछौ । संस्थाले हालसम्म हासिल गरेका उपलब्धिहरु तथा गतिविधिहरुका बारेमा संचालक समितिको वार्षिक प्रतिवेदनमा विस्तृत रुपमा उल्लेख गरिएको छ । हामी हाम्रा सदस्यको सेवामा सुधार गर्न तथा हामीले सेवा सञ्चालन गर्ने समाजमा अझ बढी योगदान दिने कुरामा केन्द्रित रहने छौं । विस्तारै कोभिड–१९ को प्रभाव कम हुदै गईरहेको आकाडाआए पश्चात् पर्यटनक्षेत्र, उद्योग, व्यापार, व्यवसाय, कृषि एवं समग्र अर्थतन्त्र चलायमान हुने, आर्थिक क्रियाकलापले गति लिने र नेपालको आर्थिक बृद्धिदर सहित अन्य सम्बृद्धिका सूचकांकहरु सकारात्मक रहने कुरामा हामी आशावादी छौ ।


सभामा उपस्थित शेयरधनी सदस्यज्यूहरु एवं अतिथिज्यूहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यहाँहरुबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावका लागि आभार प्रकट गर्दछु । संस्थालाई प्राप्त अमूल्य मार्गदर्शनका लागि सहकारी विभाग लगायतका सम्पूर्ण नियामक निकायहरुलाई समेत धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै, संस्थाको सञ्चालक समितिको मार्गदर्शन, कर्मचारी साथीहरुको मेहनत, लगनशीलता, शेयरधनी सदस्यमहानुभावहरु, अन्य शुभचिन्तक एवं सरोकारवालाहरुबाट प्राप्त विश्वास एवं सुझावहरु निरन्तर र यथावत कायम रहनेमा विश्वस्त छु ।


अन्त्यमा, यस गरिमामय तेह्रौ वार्षिक साधारणसभामा यहाँहरुलाई पुनः स्वागत गर्दै सम्बन्धित सबैको उत्तरोत्तर उन्नति र प्रगतिको कामना गर्दछु ।


धन्यवाद
तेज बहादुर खड्का (तेजेन्द्र)
अध्यक्ष
मितिः २०७८।०९।०३

जय सहकारी ।

 

 

अन्य समाचार

१. छैठौ वार्षिक साधारण सभा

२. सातौं वार्षिक साधारण सभा

३. आठौ वार्षिक साधारण सभा

४. नवौ वार्षिक साधारण सभा

५. दसौ वार्षिक साधारण सभा

६. एघारौ वार्षिक साधारण सभा

७. बाह्रौ वार्षिक साधारण सभा

८. तेह्रौ वार्षिक साधारण सभा

 

Internet Banking

 

खबर तथा समाचार

१३ औ वार्षिक साधारण सभा

यस पर्यटन समाज सहकारी संस्था लि.को १३ औं वार्षिक साधारणसभाका प्रमुख अतिथिज्यू, अतिथिज्यू,शेयर सदस्यमहानुभावहरु, संचालक समितिका पदाधिकारीहरु, लेखा समिति, ऋण उप–समिति, शिक्षा उप–समिति, लेखा परिक्षक, कर्मचारीवर्ग, पत्रकार महोदय, पर्यटन व्यवसायी साथीहरु,एवं उपस्थित हुनुभएका

पुरा अंश »

 

हामी फेसबूक पेजमा

 

निक्षेप संकलन

 कर्जा लगानी

   

पर्यटन विशेष बचत खाता पर्यटन बचत खाता पर्यटन प्रिमियम बचत खाता दैनिक बचत खाता बाल बचत (खुत्रक्के) खाता आवधिक बचत खाता

पर्यटन कर्जा घरेलू कर्जा शैक्षिक कर्जा व्यापरिक कर्जा हायर पर्चेज कर्जा

Downloads

A/C Opening Form
Annual Reports
Brochure
Hire Purchase Scheme

मुख्य पृष्ठ | हाम्रो बारेमा | खबर तथा समाचार | सल्लाह सुझाब | सम्पर्क

पोस्ट बक्स न : २१६३६, छेत्रपाटी , ठमेल , काठमाडौं .
फोन: +९७७-४२५३८४० / ४२६५६४१ .

ईमेल : info@paryatansamaj.com.np, tourismsocietycoop@gmail.com

© पर्यटन समाज सहकारी सस्था लिमिटेड.

वेबसाइट अपडेट:

ट्रीऊ कलर, काठमाडौँ