Regd No: 1791/065/066

www.paryatansamaj.com.np

 
 
 
 

Members Login

 
 

भाषा छनोट
English / नेपाली

 

पर्यटन समाज सहकारी संस्था लि.

१२ औ वार्षिक साधारण सभा

 

आदरणीय शेयरसदस्य महानुभावहरु,


यस पर्यटन समाज सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभाका प्रमुख अतिथिज्यू, अतिथिज्यू,शेयर सदस्यमहानुभावहरु, संचालक समितिका पदाधिकारीहरु, लेखा समिति, ऋण उप–समिति, शिक्षा उप–समिति, लेखा परिक्षक, कर्मचारीवर्ग, पत्रकार महोदय, पर्यटन व्यवसायी साथीहरु,एवं उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुमा संस्थाको संचालक समितिको तर्फवाट हार्दिक स्वागत तथा न्यानो सहकारी अभिवादन व्यक्त गर्दछु ।


विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण नेपालमा पनि आर्थिक क्रियाकलापहरु प्रभावित हुन पुगे । सोही कारण यस संस्थाको आर्थिक वर्ष २०७६÷७७ को कार्यसम्पादनमा समेत प्रतिकुल असर पर्न गएको छ । २०७६ चैत्र ११ देखि शुरु भएको बन्दाबन्दी हाल खुकुलो गरिएतापनि आर्थिक क्रियाकलापहरु पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् । बन्दाबन्दी पश्चात् सहकारी क्षेत्रले ठूलो क्षति व्यहोरेको छ । गैह्रब्याज आम्दानी ठप्प प्रायः छ भने ब्याज आम्दानीको ठूलो रकम असुली हुन सकेको छैन । सहकारी क्षेत्रको निष्क्रिय कर्जा बढ्न गई सहकारीहरुमा जोखिमको तह बढेको अवस्था छ । यसका साथै ऋणीसदस्यहरुलाई दिइएको ब्याज छुट (चभदबतभ) का कारण पनि ब्याज आम्दानीमा संकुचन आउन गएको छ । यसका अतिरिक्त कर्जा नोक्सानी व्यवस्थामा समेत केही रकम छुट्याएका छौं ।


सहकारी क्षेत्रले सामाज र व्यक्तिको जीवनमा अहम भूमिका खेल्ने हुनाले हामी हाम्रा सदस्यवर्गलाई आवश्यक सेवाहरु सरल र सुलभ ढंगले प्रदान गर्दै देशको आर्थिक वृद्घिमा टेवा पु¥याउन प्रतिबद्घ रहेका छौं । यसका साथै हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हाम्रो समुदायहरुको दिगो आर्थिक र सामाजिक विकासको प्रवद्र्घन गर्न योगदान गर्दै आइरहेका छौं र यसलाई निरन्तरता दिने नै छौं । संस्थालाई सबल र विश्वसनीय बनाउनेतर्फ आवश्यक प्रविधि, जोखिम ब्यवस्थापन, कर्मचारी ब्यवस्थापन, सुदृढ एवं उत्कृष्ट सेवा सुविधाहरु आदिमा जोड दिनेछौ । संस्थाले हालसम्म हासिल गरेका उपलब्धिहरु तथा गतिविधिहरुका बारेमा संचालक समितिको वार्षिक प्रतिवेदनमा विस्तृत रुपमा उल्लेख गरिएको छ । हामी हाम्रा सदस्यको सेवामा सुधार गर्न तथा हामीले सेवा सञ्चालन गर्ने समाजमा अझ बढी योगदान दिने कुरामा केन्द्रित रहने छौं । यद्यपि कोभिड–१९ को संक्रमण र यसको असर कुन हदसम्म जान्छ अहिले नै यकिन गर्न सकिने अवस्था छैन । यस्तो अवस्थामा देशको आर्थिक उन्नती, विकास निर्माण र नया नेपाल निर्माणको लक्ष्यमा अगाडी बढ्ने कार्यमा प्रतिकूलता सिर्जना भएको भएता पनि कोभिड–१९ को प्रभाव सकिए पश्चात् पर्यटनक्षेत्र, उद्योग, व्यापार, व्यवसाय, कृषि एवं समग्र अर्थतन्त्र चलायमान हुने, आर्थिक क्रियाकलापले गति लिने र नेपालको आर्थिक बृद्धिदर सहित अन्य सम्बृद्धिका सूचकांकहरु सकारात्मक रहने कुरामा हामी आशावादी छौ । चाडै नै यो माहामारीको अन्त्य भई हामी सबैको आर्थिक गतिविधि पुन चलायमान हुने आशा एवं विश्वास ब्यक्त गर्दछु । साथै यो बर्ष मेरो नेतृत्वको सचालक समितीको कार्याकाल समाप्त भई नयाँ संचालक समिती गठन समेत हुने भएकाले आगामी कार्याकालका लागी संस्थाको चुनौती सामना गर्न सक्ने, जुझारु मेहनती र इमान्दार नेतृत्व छनौटमा ध्यान पु¥याउनु हुने छ भन्ने विश्वास ब्यक्त गर्दछु ।


सभामा स्वयम तथा भर्चुअल माध्यमबाट उपस्थित शेयरधनी सदस्यज्यूहरु एवं अतिथिज्यूहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यहाँहरुबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावका लागि आभार प्रकट गर्दछु । संस्थालाई प्राप्त अमूल्य मार्गदर्शनका लागि सहकारी विभाग लगायतका सम्पूर्ण नियामक निकायहरुलाई समेत धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै, संस्थाको सञ्चालक समितिको मार्गदर्शन, कर्मचारी साथीहरुको मेहनत, लगनशीलता, शेयरधनी सदस्यमहानुभावहरु, अन्य शुभचिन्तक एवं सरोकारवालाहरुबाट प्राप्त विश्वास एवं सुझावहरु निरन्तर र यथावत कायम रहनेमा विश्वस्त छु ।


अन्त्यमा, यस गरिमामय बाह्रौं वार्षिक साधारणसभामा यहाँहरुलाई पुनः स्वागत गर्दै सम्बन्धित सबैको उत्तरोत्तर उन्नति र प्रगतिको कामना गर्दछु ।


धन्यवाद
तेज बहादुर खड्का (तेजेन्द्र)
अध्यक्ष
मितिः २०७७।०९।१८

जय सहकारी ।

 

 

अन्य समाचार

१. छैठौ वार्षिक साधारण सभा

२. सातौं वार्षिक साधारण सभा

३. आठौ वार्षिक साधारण सभा

४. नवौ वार्षिक साधारण सभा

५. दसौ वार्षिक साधारण सभा

६. एघारौ वार्षिक साधारण सभा

७. बाह्रौ वार्षिक साधारण सभा

 

Internet Banking

 

खबर तथा समाचार

१३ औ वार्षिक साधारण सभा

यस पर्यटन समाज सहकारी संस्था लि.को १३ औं वार्षिक साधारणसभाका प्रमुख अतिथिज्यू, अतिथिज्यू,शेयर सदस्यमहानुभावहरु, संचालक समितिका पदाधिकारीहरु, लेखा समिति, ऋण उप–समिति, शिक्षा उप–समिति, लेखा परिक्षक, कर्मचारीवर्ग, पत्रकार महोदय, पर्यटन व्यवसायी साथीहरु,एवं उपस्थित हुनुभएका

पुरा अंश »

 

हामी फेसबूक पेजमा

 

निक्षेप संकलन

 कर्जा लगानी

   

पर्यटन विशेष बचत खाता पर्यटन बचत खाता पर्यटन प्रिमियम बचत खाता दैनिक बचत खाता बाल बचत (खुत्रक्के) खाता आवधिक बचत खाता

पर्यटन कर्जा घरेलू कर्जा शैक्षिक कर्जा व्यापरिक कर्जा हायर पर्चेज कर्जा

Downloads

A/C Opening Form
Annual Reports
Brochure
Hire Purchase Scheme

मुख्य पृष्ठ | हाम्रो बारेमा | खबर तथा समाचार | सल्लाह सुझाब | सम्पर्क

पोस्ट बक्स न : २१६३६, छेत्रपाटी , ठमेल , काठमाडौं .
फोन: +९७७-४२५३८४० / ४२६५६४१ .

ईमेल : info@paryatansamaj.com.np, tourismsocietycoop@gmail.com

© पर्यटन समाज सहकारी सस्था लिमिटेड.

वेबसाइट अपडेट:

ट्रीऊ कलर, काठमाडौँ