पर्यटन समाज सहकारी संस्था लि.
११ औ वार्षिक साधारण सभा
आदरणीय शेयरसदस्य महानुभावहरु,
यहाँहरुको साथ र सहयोगले यस पर्यटन समाज सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको ११ औ वर्षहरु सफलताका साथ पुरा गरि आज आयोजित संस्थाको ११ औँ बार्षिक साधारणसभामा यहाँहरुलाई स्वागत गर्दै संचालक समितिको तर्फबाट संस्थाको ११ औँ बार्षिक प्रगती प्रतिवेदन ०७५।०७६ यहाँहरु समक्ष प्रस्तुत गर्न पाउँदा म लगायत संचालक समितिका सबै सदस्यहरु हर्षित् र गौरवान्वित भएका छौँ।
यहाँहरुको अपार विश्वास तथा रचनात्मक भुमीकाको फलस्वरुप विगत ११ बर्षदेखि संस्थाले यहाँहरुमाझ सन्तोषजनक सेवा पु¥याईरहेको छ भन्ने म लगायत संचालक समितिका पदाधिकारीहरुलाई लागेको छ । तर पनि यस अवधिमा संस्थाको सदस्यको तर्फबाट यहाँहरुलाई लागेका तितामिठा कुराहरु र संस्थालाई अझ प्रगतीको शिखरमा पु¥याउन के कस्ता निती तथा रणनितीहरु आवश्यक पर्दछ भन्ने विषयको समग्र सुझावहरु यस सभामा प्रस्तुत हुने अपेक्षाका साथ आ.व.२०७५।७६ मा संस्थाको वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा संस्थाको विभिन्न क्रियाकलापहरु सहितको यो प्रतिवेदन अनुमोदनको लागि यस साधारण सभामा यहाँहरु समक्ष पस्तुत गर्दछु ।
आ.व.०७५।७६ देशमा समग्र आर्थिक गतिविधि सन्तोषजनक भएको फलस्वरुप हाम्रो संस्थाले पनि उक्त अवधिमा उल्लेख्य प्रगती हासील गरेको छ भन्ने हाम्रो विश्लेषण छ ।
“आपसी विश्वास र समझदारी नै सहकारीताको मुल आधार” भन्ने सहकारीको मुल भावलाई सम्मान गर्दै पर्यटन विकासका लागी सहकारीता भन्ने नाराको साथ स्थापना भएको यस सस्थाले आफ्नो बार्षिक साधारण सभाको अवसरमा नियमित गर्दै आएको कार्यक्रम अन्र्तगत संस्थामा कार्यरत कर्मचारीहरुको योग्यता तथा कार्यक्षमताको मुल्याङकन गरि पुरस्कार तथा तालिमको ब्यवस्था गरिएको छ । जस अन्तर्गत एक जना कर्मचारी श्री मनिशा बानिया छनोट हुन सफल हुनुभएकोमा वहाँहरुलाई सम्मान गरिएको र अधिकतम बचत गरि संस्थालाई विश्वासका साथ योगदान गर्नुहुने बालबचत (खुत्रुके बचत ) अन्तर्गतका सदस्य श्री असिम गुनि, प्रिसा खड्का, र रिसिका श्रेष्ठ लाई सम्मान गरिएको ब्यहोरा अवगत गराउन चाहन्छु । त्यसैगरि समिक्षा बर्षमा एस ई ई परिक्षा उतिर्ण हुनुहुने बालबचत - खुत्रुके बचत) का सदस्यहरु ५ (पाँच) जना क्रमश श्री प्रकृति पाण्डे, श्री आयुषा पौडेल, श्री ऐलेन पाण्डे, श्री आर्दश पंगेनि र श्री रिकिन श्रेष्ठलाई सम्मान गरिएको ब्यहोरा अवगत गराउन चाहन्छु ।
अन्त्यमा यस संस्थाको उत्तरोत्तर प्रगतिमा सहयोग र संरक्षकत्व प्रदान गर्नुहुने आदरणीय शेयर सदस्य महानुभावहरु प््रति कृतज्ञता व्यक्त गर्दै आगामि दिनहरुमा पनि यस्तै सहयोग र समर्थन रहिरहने अपेक्षा गर्दै यस सभाको गरीमा लाई बढाउन आफ्नो महत्वपुर्ण उपस्थिती जनाउनु हुने सम्पुर्ण सदस्य लगायत संचालक समितीका पदाधिकारीज्युहरुलाई समेत यो अवसरमा हार्दिक धन्यवाद दिन चाहन्छु ।
सञ्चालक समितिका तर्फबाट
अध्यक्ष
श्री तेज बहादुर खड्का
पर्यटन समाज सहकारी संस्था लि.
जय सहकारी ।
|