पर्यटन समाज सहकारी संस्था लि.
सातौं वार्षिक साधारण सभा
“पर्यटन बिकासका लागी सहकारिता ” भन्ने मूल नाराका साथ पर्यटन विशेष सहकारी संस्थाको रुपमा स्थापित यस पर्यटन समाज सहकारी संस्था लि. को हार्दिक निमन्त्रणालाई सहर्ष स्वीकार गरी आफ्नो गरीमामय उपस्थिति जनाउनु भएका प्रमुख अतिथिज्यू, अतिथिज्यूहरु, सल्लाहकारज्यूहरु, संचालक समितिका पदाधिकारीहरु तथा सदस्यमित्रहरु, विभिन्न समिति तथा उपसमितिका संयोजक तथा सदस्यहरु, शेयरधनी सदस्यहरु, संस्थाका सम्पूर्ण कर्मचारीहरु, पत्रकार मित्रहरु र पर्यवेक्षकहरुमा पर्यटन समाज सहकारी संंस्था लि. को भव्यरुपमा सम्पन हुन गईरहेको सातौं वार्षिक साधारण सभामा हार्दिक अभिवादनका साथ स्वागत गर्दछु ।
नेपालमा सहकारीताको विकासको क्रममा विभिन्न पेशागत एवं विषयगत सहकारी संस्थाहरु स्थापना गरी सामूहिक र व्यवसायिक उत्थान तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने अभियान चलि रहदा नेपालको इतिहासमै पहिलो पटक पर्यटन व्यवसायमा आवद्ध व्यवसायी साथीहरु माझ पर्यटन व्यवसाय प्रर्वद्धन तथा आपसी सहयोगको वातावरण निर्माणको उद्देश्यले स्थापना भएको यस पर्यटन समाज सहकारी संस्था लि. ले सफलता पूर्वक आफ्नो सातौं वार्षिक साधारण सभा मनाई रहदा मलाई ज्यादै गौरव लागेको छ । यस संस्थाको स्थापना पश्चात हाम्रो पदचिन्हलाई पछ्याउदै अन्य संस्थाहरु खुल्ने क्रम देखेर हामी अझै गौरवान्भित भएका
छौ ।
सर्वप्रथम म गत वैशाखको बिनासकारी भुकम्पमा परी आफन्त र मित्र बन्धुहरु गुमाउनुको साथै भौतिक धनजनको क्षती हुने सम्पूर्ण शेयरधनी सदस्यज्यूहरुमा र्हािर्दक संमवेदना व्यक्त गर्न चाहान्छु । त्यसैगरी बिनासकारी भुकम्प तथा नाकाबन्दिबाट क्षत विक्षत भएको पर्यटन व्यवसायको पुर्नउत्थान तथा विकाशका लागी यो संस्था सहयोगी बन्न सकोस भन्ने कामना गर्दछु ।
सहकारी संस्थाहरुमा विभिन्न प्रकारका विकृतिहरु मौलाई रहेको अवस्थामा हामीले यस संस्थालाई साच्चिकै सहकारीताको भावना र उद्देश्य अनूरुप पारदर्शी, व्यवसायीक र प्रतिस्पर्धि रुपमा अगाडी बढाउन सकेकोले नै देशमा आई परेको प्राकृतिक विपत्ति, त्यसबाट सवैभन्दा प्रभावित भएको पर्यटन व्यवसाय र अझ पछिल्लो समयमा देशले भोग्नु परेको नाकाबन्दि र त्यसले पारी रहेको चरम आर्थिक संकटको अवस्था समेतलाई सामना गर्दै स्थीर रुपमा अगाडी बढ्न सकेका
छौ ।
हाम्रो सक्षम व्यवस्थापन, चुस्त, जागरीला र ईमान्दार कर्मचारी समूह, अनुशासित र सहयोगी शेयरधनी सदस्यहरुको निरन्तरको मेहनत र प्रयासबाट गत आ.व. मा हामीले हाम्रा सदस्य साथीहरु तथा कर्मचारीहरुलाई राहत सहयोग समेत उपलब्ध गराउन सफल भयौ । साथै राष्ट्रप्रतिको जिम्मेवारी बोध गर्दै प्रधानमन्त्रि राहात कोषमा आर्थिक सहयोग दिन तथा हामीले कमाएको मुनाफाबाट आयकर समेत तिर्न सफल भयौ ।
हामी गत आ.व. तथा यस आ.व.को अर्धबार्षिक समिक्षा सम्म आई पुग्दा संस्थाको शेयर पुजिं, बचत संकलन तथा ऋण लगानीमा उल्लेख्य सकारात्मक सुधार भएको छ । साथै यस सभाबाट शेयर पुजीं बृद्धिको प्रस्ताब समेत पारीत हुन गईरहेकोे शेयर धनि साथीहरुलाई आफ्नो शेयर रकम बृद्धि गरि यस सस्थाबाट प्राप्त हुने मुनाफा समेत लिन हुन अनुरोध गर्दछु । यस संस्थाका अन्य तथ्यपरक गतिविधिहरु संस्थाका कोषाध्यक्ष, सचिव तथा ऋण समितिका संयोजकहरुका प्रतिवेदन बाट प्राप्त गर्न सक्नु नै हुने छ ।
अन्तमा, यस संस्थालाई अनवरतरुपमा आफ्नो अमूल्य समय, राय–सुझाव, ज्ञान एवं सीप प्रदान गरी योगदान पु–याउनु हुने संचालक समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, विभिन्न समिति तथा उपसमितिका संयोजक तथा सदस्यहरु, शेयरधनी सदस्यहरु र सम्पूर्ण कर्मचारी मित्रहरुलाई यहाँहरुले निर्बाह गर्नु भएको गहन जिम्मेवारीको लागि हार्दिक आभारका साथ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु । साथै, आगामी दिनमा यस संस्थालाई अझै व्यवस्थित एवं नाफामुलक संस्थाको रुपमा अगाडि बढाउने प्रणका साथ यस गरिमामय साधारण सभामा उपस्थित सम्पूर्ण शेयरधनी सदस्य र कर्मचारी मित्रहरुमा पुनः हार्दिक धन्यवाद व्यक्त गर्दै आफ्नो मन्तव्य यहीं टुङ्गयाउँदछु ।
जय सहकारी ।
केशव पाण्डे
(अध्यक्ष)
पर्यटन समाज सहकारी संस्था लि.
मिति– २०७२ मंसिर २६ गते।
|