Regd No: 1791/065/066

www.paryatansamaj.com.np

 
 
 
 

Members Login

 
 

भाषा छनोट
English / नेपाली

 

पर्यटन समाज सहकारी संस्था लि.

आठौं वार्षिक साधारण सभा

 

यस पर्यटन समाज सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको आठ वर्षहरु सफलताका साथ पुरागरि ९ औं वर्षमा प्रवेश गरेको अवसर सगै संस्थाको ८ औं बार्षिक साधारणसभामा यहा हरुलाई स्वागत गर्दै संचालक समितिको तर्फबाट संस्थाको ८ औं बार्षिक प्रगती प्रतिवेदन ०७२/७३ यहाहरु समक्ष प्रस्तुत गर्न पाउदा म लगायत संचालक समितिका सवै सदस्यहरु हर्षित् र गौरवान्वित भएका छौ ।

 

देशमा विधमान संक्रमणकालिन राजनितिक परिस्थितिको साथै अन्य उत्पादन मुलक क्षेत्रमा लगानी कम भई आर्थिक वृद्धिमा निराशाजनक अवस्था सृजना भईरहेको अवस्थामा समिक्षा बर्षको शुरुवाततिर देशमा अनपेक्षित रुपमा भएकोअघोषित नाकाबन्दीको कारण देशले थप आर्थिक क्षती ब्यहोर्नुपरेको यहाहरु सवैमा विदितै छ । यस्तो विषम परिस्थितिको बाबजुत पनि यहाहरुको संस्थाले यस अवधिमा सन्तोषजनक उपलब्धि हासिल गर्न सफल भएको छ भन्ने मलाई लागेको छ । यस सफलतामा साथ दिनुहुने सम्पुर्ण सदस्य महानुभावहरु, कर्मचारी वर्गहरु लगायत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग र साथ दिनुहुने अन्य सम्पुर्ण महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु साथै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।

 

सन १८४४ मा बेलायतको म्यानचेस्टरबाट शुरु भएका मानिएको आधुनिक सहकारी अभियान नेपालमा भने गुठी, पर्म, पैचो, ढुकुटी बाट विकशित हुदै सन् १९५६ (वि.सं. २०१३) मा चितवनमा बखानसिंह ऋण सहकारी संस्थाको स्थापना भएपश्चात विधिवत शुरुवात भएको मानिन्छ । हाल आर्थिक विकासको तेस्रो खम्वाको मान्यता स्थापित गर्न सफल सहकारी क्षेत्रको कुल गार्हस्थ उत्पादनमा करिव ३ प्रतिशतको योगदान रहेको अनुमान गरिएको छ । नेपालको वित्तीय क्षेत्रमा सहकारीको योगदान १८ प्रतिशत पुगेको अनुमान छ भने उत्पादन क्षेत्रमा पनि यसको योगदान उल्लेखनीय रुपमा वृद्धि हुदै गएको छ । हाल देशभर ३३ हजार दुई सय ८९ को संख्यामा सहकारीहरु संचालमा रहेको र त्यसमध्ये पनि अधिकांश सहकारीहरुले बचत तथा ऋण कारोवार गरिरहेका छन । नेपालमा करिव ५० लाख ब्यक्तिहरु सहकारीमा आवद्ध रहेको अनुमान गरिएको छ । यस क्षेत्रमा करिव ५७ हजार जनाले प्रत्यक्ष रोजगारीपाएको अनुमान गरिएको छ भने अप्रत्यक्ष रुपमा विभिन्न पेशा, उधोग, व्यापार, सेवा तथा ब्यवसाय मार्फत लाखौ ब्यक्तिहरुलाई रोजगारी प्रदान गरि समाजको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पु्याई सामाजिक चेतना अभिवृद्धि गर्नमा समेत योगदान पु्याएको छ ।

 

अन्त्यमा यस संस्थाको उत्तरोत्तर प्रगतिमा सहयोग र संरक्षकत्व प्रदान गर्नुहुने आदरणीय शेयर सदस्य महानुभावहरु प्रति कृतज्ञता व्यक्त गर्दै आगामि दिनहरुमा पनि यस्तै सहयोग र समर्थन रहिरहने अपेक्षा गर्दै यस सभाक जनाउनुहुने सम्पुर्ण सदस्य लगाायत संचालक समितीका पदाधिकारीज्युहरुलाई समेत यो अवसरमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

 

जय सहकारी ।

 

केशव पाण्डे

(अध्यक्ष)

पर्यटन समाज सहकारी संस्था लि.

 

अन्य समाचार

१. छैठौ वार्षिक साधारण सभा

२. सातौं वार्षिक साधारण सभा

३. आठौ वार्षिक साधारण सभा

४. नवौ वार्षिक साधारण सभा

५. दसौ वार्षिक साधारण सभा

६. एघारौ वार्षिक साधारण सभा

७. बाह्रौ वार्षिक साधारण सभा

८. तेह्रौ वार्षिक साधारण सभा

 

Internet Banking

 

खबर तथा समाचार

१३ औ वार्षिक साधारण सभा

यस पर्यटन समाज सहकारी संस्था लि.को १३ औं वार्षिक साधारणसभाका प्रमुख अतिथिज्यू, अतिथिज्यू,शेयर सदस्यमहानुभावहरु, संचालक समितिका पदाधिकारीहरु, लेखा समिति, ऋण उप–समिति, शिक्षा उप–समिति, लेखा परिक्षक, कर्मचारीवर्ग, पत्रकार महोदय, पर्यटन व्यवसायी साथीहरु,एवं उपस्थित हुनुभएका

पुरा अंश »

 

हामी फेसबूक पेजमा

 

निक्षेप संकलन

 कर्जा लगानी

   

पर्यटन विशेष बचत खाता पर्यटन बचत खाता पर्यटन प्रिमियम बचत खाता दैनिक बचत खाता बाल बचत (खुत्रक्के) खाता आवधिक बचत खाता

पर्यटन कर्जा घरेलू कर्जा शैक्षिक कर्जा व्यापरिक कर्जा हायर पर्चेज कर्जा

Downloads

A/C Opening Form
Annual Reports
Brochure
Hire Purchase Scheme

मुख्य पृष्ठ | हाम्रो बारेमा | खबर तथा समाचार | सल्लाह सुझाब | सम्पर्क

पोस्ट बक्स न : २१६३६, छेत्रपाटी , ठमेल , काठमाडौं .
फोन: +९७७-४२५३८४० / ४२६५६४१ .

ईमेल : info@paryatansamaj.com.np, tourismsocietycoop@gmail.com

© पर्यटन समाज सहकारी सस्था लिमिटेड.

वेबसाइट अपडेट:

ट्रीऊ कलर, काठमाडौँ