पर्यटन समाज सहकारी संस्था लि.
दशौ वार्षिक साधारण सभा
मुलत पर्यटन ब्यवसायमा लागेका हामी ब्यवसायी, सहयात्री एंव स्थानिय विच आर्थिक सहकार्य गर्ने उदेश्यले परिकल्पना गरिएको यस पर्यटन समाज सहकारी संस्था ले सफलताको प्रथम दशक पुरा गरे सगै यो दशौ बार्षिक साधारण शभामा आ.व.२०७४।७५ को प्रगती प्रतिवेदन पेश गर्न पाउदा म र मेरो कार्य समिती हर्षित एवं गौरवान्वित छौँ ।
देशमा रहेको लामो संक्रमणकालिन राजनितिक परिस्थितिका अन्त्य भई नया संबैधानिक ब्यवस्था बमोजीम संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचन पश्चात सरकार समेत गठन भई बजेट कार्यान्वयन चरणमा गईसकेको, साथै विगतमा देखिएको चरम उर्जा संकट समाधान उन्मुख भएकोले उत्पादन मुलक तथा औधोगिक क्षेत्रमा लगानी वृद्धि भई समिक्षा अवधिमा ६.३ प्रतिशतको उच्च आर्थिक वृद्धि हासिल भएको देखिएकोले यसको सकारात्मक असर हाम्रो संस्थामा समेत देखिएको व्यहोरा अवगत गराउदछु ।
यस अवधिमा संस्थाले सन्तोषजनक उपलब्धि हासिल गर्न सफल भएको छ भन्ने मलाई लागेको छ । यस सफलतामा साथ दिनुहुने सम्पुर्ण सदस्य महानुभावहरु, कर्मचारी वर्गहरु लगायत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग र साथ दिनुहुने अन्य सम्पुर्ण महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु साथै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।
अन्त्यमा यस संस्थाको उत्तरोत्तर प्रगतिमा सहयोग र संरक्षकत्व प्रदान गर्नुहुने आदरणीय शेयर सदस्य महानुभावहरु प्रति कृतज्ञता व्यक्त गर्दै आगामि दिनहरुमा पनि यस्तै सहयोग र समर्थन रहिरहने अपेक्षा गर्दै यस सभाक जनाउनुहुने सम्पुर्ण सदस्य लगाायत संचालक समितीका पदाधिकारीज्युहरुलाई समेत यो अवसरमा हार्दिक धन्यवाद दिन चाहन्छु ।
जय सहकारी ।
तेज बहादुर खड्का
(अध्यक्ष)
पर्यटन समाज सहकारी संस्था लि.
मिति: २०७५।०९।२१
|